तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा पाँच वर्ष मुनिका बालबालिकालाई आयुर्वेदको स्वर्णविन्दु खुवाइने

oplus_0

जनकपुरधाम । धनुषा जिल्ला सहित मधेश प्रदेशका जिल्लाहरूमा असार ४ गते प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले एक साथ बालबालिकाहरूलाई स्वर्णविन्दु खुवाउने भएको छ ।

प्रदेश चिकित्सालयले त्यसका लागि तयारी शुरु गरेको छ । शनिवार स्वर्णविन्दु प्राशन कार्यक्रम सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रममा आयुर्वेद विभिन्न पालिकाहरूमा कार्यरत रहेका स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा शिक्षकहरू सहभागी भएका थिए ।

यस कार्यक्रममा स्वर्णविन्दुको बनाउने तरिका, भण्डारण तथा खुवाउने विषयमा अनुशिक्षण दिने काम भएका थिए । खास गरेर बालबालिकाको शरीरमा रोगसँग लड्ने प्रतिरोधक क्षमताको विकास तथा तीक्ष्ण बुद्धिको विकासका लागि स्वर्णविन्दु उपयोगी भएको वरिष्ठ आयुर्वेदका चिकित्सक एवं प्रदेश चिकित्सालयका प्रमुख डा. महारुद्र ठाकुरले जानकारी दिनु भयो ।

स्वर्णविन्दुमा स्वर्ण भष्म र ब्राह्मणी घृतको प्रयोग गर्ने बनाउने गरिन्छ । यो जन्म देखि ५ वर्षका बालबालिकालाई खुवाउने गरिएको आयुर्वेदका चिकित्सक डा. नन्दकिशोर कुशवाहाले जानकारी दिनु भयो । यसले बालबालिकाको पोषण अवस्थामा सुधार गर्ने भएकाले निक्कै उपयोगी भएको प्रमुख डा. ठाकुरले बताउनु भयो । मधेश प्रदेशमा पहिलो पटक खुवाउन थालिएको छ ।

नेपाल सरकारले मान्यता दिएको स्वर्णविन्दु खुवाउने कार्यक्रम मधेशका धनुषा सहित सबै जिल्लाहरूमा रहेको जानकारी पनि दिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button