तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौँ। प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौँबाट दुई/दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक/एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button