युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा
तेहरान । पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेट्न सोही दिन तेहरान आइपुग्नुभएको छ ।
इरानले वासिङ्टनसँगको शान्ति वार्ताका क्रममा लेबनान र खाडी युद्धबीच सम्बन्ध रहेको बताउँदै युद्ध अन्त्यका लागि गरिने सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ ।
अप्रिलमा घोषणा गरिएको युद्धविरामले लेबनानमा लडाई रोक्न असफल भएको छ । यस हप्ता घोषणा गरिएको नयाँ सशर्त युद्धविराम सम्झौतालाई हेजबुल्लाहले ठाडै अस्वीकार गरेको थियो ।
इरानको विदेश मन्त्रालयले वासिङ्टनको ‘शत्रुतापूर्ण र उत्तेजक व्यवहार’को निन्दा गर्दै इरानमा भएको पछिल्लो अमेरिकी आक्रमणको निन्दा गरेको छ ।
युद्धविरामलाई स्थायी समाधानमा बदल्ने प्रयासहरू बारम्बार रोकिएका छन् । मध्यपूर्व द्वन्द्वले विश्व बजारलाई तहसनहस बनाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकी मध्यावधि चुनावअघि यसलाई समाधान गर्न दबाब बढाएको छ ।
इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसिन रेजाईले सिएनएनसँग भन्नुभएको छ, “वार्तामा गतिरोध आएको छ र ट्रम्पले यो गतिरोध तोड्नुपर्छ ।”
वाशिङ्गटनले यसको सट्टा खाडी सहयोगीहरूमाथि इरानी आक्रमणबाट भएको क्षतिको लागि इरानको रोक्का भएको रकम प्रयोग गर्न दवाव दिन सक्ने विश्लेषकहरूले बताएका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको सोचसँग परिचित एक स्रोतले भन्यो, “इरानले भविष्यमा इरानबाट हुने कुनै पनि क्षतिको पुनर्निर्माण र मर्मतमा सहयोग पुर्याउन हाम्रा खाडी सहयोगीहरूलाई इरानको सम्पत्ति उपलब्ध गराउन उपलब्ध सबै उपकरणहरू प्रयोग गर्नेछ।”
इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्च २ मा इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानिएको लेबनानले शुक्रबार इरानलाई आफ्नो मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ।
पाकिस्तान संयुक्त राज्य अमेरिका र इरानबीचको द्वन्द्व अन्त्यका लागि प्रमुख मध्यस्थकर्ताको रूपमा देखा परेको समय लेबनानका सेना प्रमुख रोडोल्फ हायकल सम्भवतः लेबनान र हेजबूल्लाहको मुद्दाबारे छलफल गर्न शनिबार पाकिस्तानको भ्रमण गर्नुभएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्