तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला

भद्रपुर, झापा । झापाको मेचीनगरमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेको छ ।

मेचीनगर नगरपालिका–४ स्थित माताचोकनजिक गोरेटो बाटो छेउमा गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अजिङ्गर १५ फिट लामो रहेको प्रहरीले जनाएको छ ।

यहाँ वन क्षेत्रनजिकका बस्तीमा बेलाबेला अजिङ्गर, हात्ती तथा अन्य वन्यजन्तु प्रवेश गर्ने गरेका छन् । प्रहरीले यस्ता वन्यजन्तु देखिएमा नजिक नजान र तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button