बैतडीका सिचाइँयुक्त क्षेत्रमा धान रोपाइँ सुरु
बैतडी । बैतडीमा रोपाई सुरु भएको छ । सिचाई सुविधा पुगेका जिल्लाको पाटन र पुर्चाैडी नगरपालिका क्षेत्रमा रोपाई सुरु भएको हो ।

समयमै वर्षा अधिक भएको हुनाले बेर्ना सप्रिएको र रोपाई पनि धमाधम सुरु भएको पाटन नगरपालिका ६ का स्थानीय किसान द्रोपती अवस्थीले बताउनुभयो । नदीबाट पर्याप्त सिचाई पुगेको र यस वर्ष आकासे पनिले बेर्ना समेत सप्रिएकाले समयमै रोपाई सुरु गरिएको अवस्थीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी महेश पाण्डेयका अनुसार जिल्लाको पाटन क्षेत्र, मेलौलीको सलेना र पुर्चाैडी क्षेत्रमा रोपाई सुरु भइसकेको छ । सिँचाइ सुविधा पुगेका क्षेत्रहरूमा रोपाई सुरु भइसकेको छ र बाँकी क्षेत्रहरूमा असार मध्यसम्म रोपाई सुरु हुने सूचना अधिकारी पाण्डेयले बताउनुभयो ।

सामान्यतः जेठ मध्यदेखि साउन मध्यसम्म रोपाई गर्ने गरिएको छ । पुरानो कृषि तथ्याङ्क अनुसार बैतडीमा करिब ९,००० हेक्टर क्षेत्रफलमा धान खेती तथा रोपाइँ हुने गरेको उल्लेख छ । तर पछिल्लो कृषि गणनाअनुसार धान खेती हुने क्षेत्रफल घटेर ५,२२५ हेक्टरमा सीमित भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्