अवैध तीन थान भरुवा बन्दुक बरामद
सल्यान । सल्यानमा सामुदायिक वनमा लुकाइछिपाइ राखिएको तीन थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१२, चौरस्थित सिद्धगुफा सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेका बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सामुदायिक वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उक्त बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्