तपाईँ सुन्दै हुनुहुन्छः

‘मानव अधिकारको रक्षाका लागि आर्थिक सम्पन्नता आवश्यक’

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मानव अधिकारमैत्री बजेट तथा नीति निर्माणका साथै त्यसको प्रभावकारी कार्यान्वयनले मात्र मानव अधिकारको रक्षा हुने बताउनुभएको छ । 

प्रदेश प्रमुख डा. कर्णले राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयद्वारा आयोगको २६ औँ वार्षिकोत्सव समारोहको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले मानव अधिकार आर्थिक अधिकारसँग जोडिएको बताउँदै मानवको आधारभूत आवश्यकताको सम्बोधन अर्थमा नै निहित भएकाले मधेश प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार गर्नका लागि शिक्षा, स्वास्थ्यमा सुधार आवश्यक भएको बताउनुभयो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सुशासन विना मानव अधिकारको कल्पना गर्न कठिन हुने भएकाले अहिले राज्य सुशासन स्थापनाका लागि लागि परेको बताउनुभयो । 

महिला मानव अधिकार रक्षक सञ्जालका धनुषा जिल्ला अध्यक्ष रेखा झाले मधेश प्रदेशका जिल्लाहरूमा महिलाहरू विभिन्न हिंसामा परिरहेको बताउँदै पिडकलाई सजाय तथा पीडितलाई न्याय दिएको खण्डमा मात्र मानव अधिकारको रक्षा गर्न सकिने बताउनुभयो । 

एडभोकेसी फोरम मधेश प्रदेशका संयोजक अधिवक्ता राज कुमार महासेठले मानव अधिकार उल्लङ्घनका घटनाको छानविन तथा उल्लङ्घन कर्ता माथि कारवाहीको उद्देश्यसहित स्थापना भएको आयोगको कामलाई प्रभावकारी बनाउनेतर्फ राज्य गंभिर हुन जरुरी रहेको बताउनुभयो । 

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनीले आयोगको प्रदेश कार्यालयमा हालसम्म ४३२ उजुरी चालु रहेकोमा ७१ वटा उजुरीमा कारबाही सम्पन्न भएर सक्कल फाइल आयोगको केन्द्रीय कार्यालयमा पठाइएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button