तपाईँ सुन्दै हुनुहुन्छः

लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते

बेरुत (लेबनान)। क्युएनए इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा शृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु  हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ ।

यसै बीच, बेरुतको दक्षिणी उपनगरका केही भागहरूमा आक्रमण विस्तार गर्ने इजरायली धम्की पछि विस्थापित बासिन्दाहरूको आवागमन बढेको देखाइएको छ । 

लेबनानको जनस्वास्थ्य मन्त्रालयको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च –२ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन् ।

अप्रिल –१६ देखि लागु भएको युद्धविराम सम्झौताको बाबजुद इजरायलले दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ ।  निरन्तरको आक्रमणका कारण बिग्रँदै गएको यस क्षेत्रको सुरक्षा र मानवीय अवस्थाको बीचमा मे १५ मा दोस्रो पटक ४५ दिनका लागि  युद्धविराम विस्तार गरिएको थियो । रासस  

प्रतिक्रिया राख्नुहोस्

Back to top button