महिला साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा भुटान पराजित

काठमाडौँ । भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा आज भएको उक्त खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो ।

खेलको २३औँ मिनेटमा नेपालका खेलाडी गीता रानाले हानेको प्रहार भुटानी खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।
नेपालले अब दोस्रो खेल यही जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्