सुस्ताको भूमि गुगलमा भारततर्फ देखिएको विषयमा सरकारको ध्यानाकर्षण
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रको केही भूभाग गुगल म्यापमा भारततर्फ देखिएको विषय प्रतिनिधिसभामा उठेको छ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद बिक्रम खनालले सुस्ताको नेपाली गुगलमा भारततर्फ देखाइँदा स्थानीय नागरिकले विभिन्न समस्या भोग्नुपरेको भन्दै बुधवारको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
खनालले गुगल म्यापकै आधारमा कतिपय बैंक तथा वित्तीय संस्थाले जग्गा धितो स्वीकार गर्न आनाकानी गर्ने गरेको उल्लेख गर्नुभयो। त्यसका कारण स्थानीय सर्वसाधारण चर्को ब्याजदरमा मिटर ब्याजबाट ऋण लिन बाध्य भएको उहाँको भनाइ थियो।
सीमा क्षेत्रका नागरिकले आफ्नो भूमि हुँदाहुँदै पनि स्वामित्व र आर्थिक गतिविधिमा समस्या भोग्नुपरेको भन्दै यस विषयलाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराइएको हो ।खनालले उखु किसानका भुक्तानीको समस्या र मल अभावको विषयमा समेत आवाज उठाउनुभएको छ ।
सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारत सीमा विवादसँग जोडिँदै आएको क्षेत्र हो। सुस्ताको भूभागको सिमाङ्कनलाई लिएर विवाद रहँदै आएको छ।








प्रतिक्रिया राख्नुहोस्