तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसलाई एकताबद्ध बनाउन पार्टी नेतृत्व लागिपरेको छ : उपसभापति शर्मा

धनगढी । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसलाई एकताबद्ध बनाउन पार्टी नेतृत्व लागिपरेको बताउनुभएको छ । 

धनगढीमा आज पार्टीको प्रदेश स्तरीय प्रशिक्षण भेलामा उपसभापति शर्माले नवीन काँग्रेस, बदलिएको काँग्रेसको ऊर्जा बोकेर पार्टीलाई  एकजुट बनाएर अघि बढ्नु पर्ने बताउनुभयो । 

उहाँले काँग्रेसलाई प्रविधिमैत्री, डिजिटल मैत्री बनाउने गरी काम भइरहेको बताउनुभयो । जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी नीति, कार्यक्रम, बजेटमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महामन्त्री गुरुराज घिमिरेले काँग्रेसमा सबै नेता कार्यकर्ताको मूल्याङ्कन हुने बताउनुभयो । पार्टीको भेलाले सुदूरपश्चिम काँग्रेसलाई एक ठाउँमा ल्याएको उहाँले बताउनुभयो ।

प्रदेश भेलाका पार्टीका पदाधिकारी, काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button