तपाईँ सुन्दै हुनुहुन्छः

मधेशका अधुरा खानेपानी आयोजना सम्पन्न गर्न सांसदहरूको माग

काठमाडौँ I राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले मधेश प्रदेशका अधुरा रहेका खानेपानी आयोजनाहरूलाई कडा समयसीमा निर्धारण गरी छिटो सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन माथिको छलफलमा सांसदहरूले मधेश प्रदेशका खानेपानीको समस्या समाधान गर्न र सरसफाइ तथा स्वच्छ वातावरण कायम राख्न जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । 

सांसदहरूले खानेपानी मन्त्रालयअन्तर्गतका धेरै अधुरा खानेपानी आयोजनाहरू सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नभएको प्रति आपत्ति जनाउनुहुँदै बजेटको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुभयो ।

सांसदहरूले विद्यालयका बालबालिकाहरूलाई समेत खानेपानीको अभाव रहेको विषय अत्यन्त संवेदनशील भएको बताउनुहुँदै तत्काल स्वच्छ खानेपानी वितरणका लागि तीन तहको सरकारबीच समन्वय र नीतिगत सुधारको आवश्यक औँल्याउनुभयो ।

बैठकमा विज्ञहरूले बजेटको कमी , वन विनाश, गिट्टी–ढुङ्गा उत्खनन लगायतका प्राविधिक कारणले खानेपानी आयोजनाहरू अधुरो अवस्थामा रहेको र खानेपानी वितरण प्रणालीमा अवरोध पुग्ने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button