तपाईँ सुन्दै हुनुहुन्छः

विधिसम्मत रुपमा कानुन निर्माणलाई द्रुत रुपमा अघि बढाउने सभामुखको तयारी 

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संविधान, कानुन, विधि र प्रक्रियाको प्रयोग गरी कानुन निर्माणलाई द्रुत रुपमा अघि बढाउने बताउनुभएको छ ।

सिंहदरबारमा आज संसदीय मामिला पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा सभामुख अर्यालले सदनबाट छिटो भन्दा छिटो कानुन निर्माण हुनसके नागरिकले तत्काल त्यसको लाभ पाउने विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

सभामुख अर्यालले जनताले गरेको अपेक्षाभन्दा धेरै र राम्रो नतिजा दिन सकियोस् भन्नेतर्फ आफ्नो ध्यान गएको उल्लेख गर्नुभयो ।

उहाँले आफूले संसद्का सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको भन्दै संसदमा सञ्चारकर्मीहरूको सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button