तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको प्रमुख सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन 

काठमाडौँ I रास्वपाले प्रमुख सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गरेको छ  ।

आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले प्रमुख सचेतकमा बुर्लाकोटीलाई चयन गरेको हो । 

यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल गरी दुई जनालाई चयन गरेको छ ।

बैठकले सांसदहरूको लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ र मन्त्रीको स्वकीयहरूको लागि दुई हजार रुपैयाँ लेवी तोकिएको पनि प्रमुख सचेतक बुर्लाकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button