तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा संसदीय दलको बैठक: उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिनुभएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबार आज बसेको बैठकले उपसभामुख पदमा ठाकुरलाई पार्टीका सांसदहरूले मतदान गर्ने निर्णय गरेको हो ।

ठाकुरको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहनुभएको छ । आज हुने निर्वाचनका लागि उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामा उम्मेदवार रहनुभएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button