राष्ट्रियसभा बैठकमा डिजिटल हिंसा, महँगी र कूटनीतिक पहलका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले किशोरीहरू माथि बढ्दै गएको डिजिटल हिंसा र साइबर बुलिङ रोक्न प्रभावकारी नीति निर्माण र कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।
कृत्रिम बुद्धिमत्ता ( ए आइ ) को प्रयोग मार्फत बढ्दै गएको साइबर बुलिङ र आपराधिक घटनाहरूले महिलाहरू माथि हुने मानसिक, शारीरिक तथा सामाजिक यातना रोक्न साइबर सुरक्षा प्रभावकारी बनाउनुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
बैठकमा सांसदहरूले युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षा तथा सुरक्षित रुपमा स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले संसदभित्र महत्वपूर्ण राष्ट्रिय तथा राजनीतिक मुद्दाहरूमा विपक्षीहरूसँग सहकार्यको संस्कार विकास गर्नुपर्ने आवश्यकता ल्याउनुहुँदै सकारात्मक नीतिको निरन्तरतामा जोड दिनुभयो ।
शून्य समयमा बोल्नुहुँदै सांसदहरूले किसानमैत्री नीति निर्माण, भ्रष्टाचार र महँगी नियन्त्रण, कर्णाली प्रदेशको विकासमा विशेष ध्यान दिनुपर्ने लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्