एमबिबिएस र नर्सिङको बाटो: गेटामा शिक्षा र सेवा एकसाथ
धनगढी। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविधालयको चौथो सभा बैठक शुरु भएको छ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभा बैठकमा मुख्यमन्त्री कमल बहादुर शाह, पदाधिकारी तथा सदस्य एवं उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता रहेको छ ।
विश्वविद्यालय रहेको कैलालीको गेटामा पहिलो पटक सभा बैठक सञ्चालन भएको हो । यसअघि स्वास्थ्य विज्ञान विश्वविद्यालयका तीनवटा सभा बैठक काठमाण्डौमा बसेको थियो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटामा चार दर्जन बढी भवन लगायत संरचना निर्माण गरिएको छ । त्यसका लागी करिब ७ अर्ब खर्च भएको सरकारी तथ्याङ्क देखिन्छ ।

हाल गेटामा ५० शय्याको अस्पताल सञ्चालन भइरहेको छ । आगामी बर्सदेखि गेटा विश्वविद्यालयमा एमबिबिएस, नर्सिङ लगायतका कक्षा सञ्चालनको तयारी भइरहेको छ । सुदूरपश्चिमवासीले बर्षौअघिदेखी गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै आएको सन्दर्भमा सिनेट बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्