अध्यक्ष ओली र नेता लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आज अध्यक्ष ओली र नेता लेखकलाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यही चैत १४ गते बिहान पक्राउ पर्नुभएका अध्यक्ष ओली र नेता लेखकलाई आज तेस्रो पटक म्याद थप भएको हो।









प्रतिक्रिया राख्नुहोस्