अपहरण तथा शरीर बन्धक गरेको कसुरमा एक जना नियन्त्रणमा
भक्तपुर । अपहरण तथा शरीर बन्धक गरेको कसुरमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नं. ३ बस्ने ५३ वर्षीय दिपक खड्का रहेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले खड्कालाई बिहीबार काठमाडौँ महानगरपालिका वडा नं. ८ गौशालाबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
गत माघ २८ गते सुर्यविनायक नगरपालिका वडा नं. ५ बाट सिन्धुपाल्चोक साँगा चोकगढी नगरपालिका वडा नं. २ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नं. ५ मै बस्ने ४७ वर्षीय पूर्ण बहादुर थापालाई अपहरण तथा शरीर बन्धक गरेको कसुर लागेको छ ।
नियन्त्रणमा लिइएका खड्कामाथि थापालाई उनकै घरमा गई म अनुसन्धान विभागको प्रहरी हो भनि होटलमा लगि डर, धाक धम्की दिई अपहरण तथा शरीर बन्धक गरेको कसुर लागेको सूचना अधिकारी प्रकाश जबेगुले जानकारी दिनुभयो ।
खड्का विरुद्ध अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्