नवनियुक्त प्रधानमन्त्री शाहद्वारा पदभार ग्रहण
शपथ लगत्तै नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गर्नु भएको छ ।
पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
यस्तै नवनियुक्त मन्त्रीहरूले पनि सपथ लगत्तै आआफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सपथ लगत्तै सिंहदरबार स्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो ।
पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गर्नुभयो ।
साथै, अर्थमन्त्री वाग्लेले चैत १३ सम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि गर्नुभयो ।
यस्तै नवनियुक्त गृहमन्त्री सुद गुरुङले गृह मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो । सपथ लगत्तै सिंहदरबारस्थित गृह मन्त्रालय मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
यस्तै नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले पदभार ग्रहण गर्नुभयो । सपथ लगत्तै सिंहदरबार स्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो ।
पदभार ग्रहण गर्दै कानुनमन्त्री गौतमले नीतिगत रुपमा सुधार गर्ने खालका कानुन निर्माणलगायतका काम गरेर अगाडी बढ्ने बताउनुभयो ।
उहाँले कानुन निर्माणमा छिटो भन्दा छिटो काम गरेर अगाडी बढ्ने भन्दै मन्त्रालयमा भइरहेका काम र आफूले ल्याउने योजना तथा खाकाबारे छलफल र विश्लेषण गरेर अगाडी बढ्ने पनि बताउनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पद बहाली गर्नुभएको ।
मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले जनताले दिएको मतप्रति निक्कै संवेदनशील रहेको र जिम्मेवारी बोधका साथ काम गर्ने बताउनुभयो । उहाँले पाँ वर्षका लागि पार्टीले गरेका वाचापत्र अनुसार मन्त्रालयमार्फत काम गर्ने बताउनुभयो ।
यसैगरी नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले पदभार ग्रहण गनुभयो ।
शपथ लगत्तै सिंहदरबार स्थित मन्त्रालय पुगेर मन्त्री तिमल्सिनाले पदभार ग्रहण गर्नुभएको हो ।
नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गर्नुभयो ।
पदभार ग्रहण गर्दै मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्