शेयर बजारमा उत्साह, ३ पटकको सर्किट ब्रेकसहित कारोबार स्थगित
काठमाडौँ । आज नेपाली शेयर बजारका लगानीकर्ताहरू उत्साहित हुँदा बजारको पसिूचकमा उच्च वृद्धि भएको छ ।
प्रतिनिधिसभा निर्वाचनको परिणामपछि शेयर बजारका लागानीकर्ताहरु उत्साहित हुँदा बजारको कारोबारमा उच्च वृद्धि भएको र लगानकिर्ताहरु पनि लगानीका लागि उत्साहित भएको देखिएको छ ।
निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको देखिएको छ । मत परिणामका आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षा शेयर बजारमा लागानीकर्ताहरु मार्फत प्रतिबिम्बित भएको देखिएको छ । सोमवार बजारका लागनीकर्ताहरु उत्साहित भएर लगानी गर्दा बजार उच्च अङ्कले बढेको हो ।
सोमबार शेयर बजारमा तीन पटकसम्म सर्किट ब्रेक लागेर कारोबार अवधि भन्दा अगाडि नै शेयर कारोबार स्थगित भएको छ । प्रि ओपनमा नै साढे १ प्रतिशतभन्दा बढीले बढेको नेप्से, नियमित बजार खुल्ने बित्तिकै तीव्र गतिमा बढेर ११ बजेर १ मिनेटमा नै ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो ।
२० मिनेट पछि खुलेको बजारमा नेप्से बढ्ने क्रमले निरन्तरता पाउँदा ११ बजेर २१ मिनेट १३ सेकन्डमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित भयो । दोस्रो सर्किटपछि १२ बजेर १ मिनेट १३ सेकेन्डमा खुलेको बजारमा नेप्सेले पुनः तिव्रं गतिमा बढ्ने क्रमलाई निरन्तरता दिएपछि १२ बजेर १ मिनेट ३७ सेकेन्डमा तेस्रो सर्किट लागेर सोमवारका लागि शेयर कारोबार बन्द भएको छ । सोमवार नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्क बढेर २८७५ दशमलव ४४ विन्दुमा पुगेको छ ।
यस दिन २६१ कम्पनीहरूका ४ हजार ५१ पटकको कारोबारमा ११ करोड ४३ लाख ७६७ कित्ता शेयरहरू ५५ करोड ५९ लाख ६४ हजार रुपैयाँमा किनबेच भएका छन् ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैङ्क, शिवश्री हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ घने ८ कम्पनीहरूको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । भने १२ स्टकको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य मात्र १ दशमलव ४९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नारायणी डेभलपमेन्ट बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको यस दिन ३ करोड १३ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको २ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यस दिन बजारमा १३ वटै उपसमूहका परिसूचकहरू बढेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७ दशमलव ७३ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढीले बढेको छ भने बैंकिङ्ग र जलविद्युत उपसमूहको परिसूचक करिब ७ प्रतिशतले बढेको छ । त्यसतै विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहका परिसूचकहरू ५ प्रतिशत भन्दा बढीले बढेका छन् । निर्वाचनको बिदा हुनु १० दिन अघिदेखि बजारमा नेप्से परिसूचक बढ्ने क्रम सुरु भैसकेको थियो ।
यसअघि फागुन १२ गते २६३८.६० रहेको शेयर बजारको परिसूचक नेप्से क्रमशः बढेर १८ फागुनमा २७१२ दशमलव४९ को बिन्दुमा पुगेको थियो । फागुन १९ गते मङ्गलवार पनि शेयर बजारमा उच्च अङ्कको वृद्धि भएको थियो । त्यस दिन बजारमा ६ अर्ब २३ करोडको कारोबार भएको थियो । निर्वाचन पछि सोमवार खुलेको बजारमा उच्च अङ्कको वृद्धि पछि ३ पटक सम्म सर्किट ब्रेक लागे पनि ५५ करोड ५९ लाखको कारोबार भएर बजारको कारोबार बन्द भएको हो ।







प्रतिक्रिया राख्नुहोस्