तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया क्षेत्र नं २ मा रास्वपा विजयी 

बर्दिया । बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी हुनुभएको छ । 

पोखरेलले २९४ हजार ६ सय ७८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार किशोरसिंह राठोरले २० हजार ४ सय दुई मत ल्याउनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी भन्दा नौ हजार दुई सय ७६ मत बढी ल्याएर विजयी हुनुभएको छ । 

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार १ सय ८० मत ल्याउनु भएको छ । नेकपा एमालेकी उम्मेदवार बिमला वि.क.ले १० हजार सात सय ७२ मत ल्याउनुभएको छ । 

सो क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर भएको थियो भने चार हजार चार सय ८८ मत बदर फेला परेको निर्वाचन अधिकृत विष्णु प्रसाद घिमिरेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button