इलाममा मतपेटिका सङ्कलन जारी, मतगणना भोलिबाट

इलाम I इलाममा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतपेटिका सङ्कलनको काम जारी रहेको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रका मतपेटिका सङ्कलन गर्न बिहान १/२ बजेसम्म लाग्ने जनाइएको छ।
दुवै निर्वाचन क्षेत्रमा भोलि बिहान ८ देखि ९ बजेसम्म सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ। इलाम–२ मा बिहान ८ बजे सर्वदलीय बैठक राखेर त्यसपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो।
यसैगरी इलाम–१ मा पनि बिहान बैठक बसेपछि मतगणना थालिने निर्वाचन अधिकृत खोम भण्डारीले बताउनुभयो। सन्दकपुरलगायत दुर्गम स्थानबाट मतपेटिका ल्याउन समय लाग्ने उहाँको भनाइ छ। इलाम–२ अन्तर्गत चुलाचुली र माई क्षेत्रबाट समेत मतपेटिका ढुवानी गर्न समय लाग्ने जनाइएको छ।
यो समाचार तयार पार्दासम्म इलाम–१ का ४९ मतदान स्थलबाट मतपेटिका सङ्कलन भइसकेको निर्वाचन कार्यालयले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्