तपाईँ सुन्दै हुनुहुन्छः

इलामका दुवै क्षेत्रको मतगणना भोलि सुरु हुने

इलाम । इलामका दुवै निर्वाचन क्षेत्रको मतगणना भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेपछि सुरु हुने भएको छ।

इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उपनिर्वाचनको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण निकायप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

उहाँले सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वयंसेवक तथा सञ्चारकर्मीहरूको समन्वय र सहयोगका कारण जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार मतदान सकिएसँगै अहिले जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी तोकिएको स्थानमा ल्याउने काम भइरहेको छ। उहाँले मतपेटिका सङ्कलनको कार्य सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने जानकारी दिनुभयो।

उपनिर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय तथा मतदाताप्रति पनि उहाँले आभार व्यक्त गर्नुभएको छ। साथै मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button