तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा करिब ५५ प्रतिशत मत खस्यो

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार भएको मतदानमा धनकुटामा ५४ दशमलब ४५ प्रतिशत मात्र मत खसेको छ । 

१ लाख १८ हजार ४ सय २५ मतदाता रहेको जिल्लामा ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् । कुल मतदाता सङ्ख्याको आधारमा ५९ दशमलव ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम दर्ता रहेका धनकुटाका मताधिकार प्राप्त ५३ हजार ९ सय ३५ जना मतदाता मतदानमै सहभागी भएनन् ।

धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेकोमा ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला मात्रै मतदानमा सहभागी भएका छन् । जिल्लामा मतदानका लागि १ सय १९ मतदानस्थल १ सय ६६ मतदान केन्द्र तोकिएको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको हो । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको थियो । मतदान केन्द्रहरूमा १ हजार २ जना कर्मचारी खटाइएको थियो ।

मतदान सकिएपछि अहिले धनकुटा सदरमुकामको सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने काम भइरहेको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको र राति १० बजेसम्म मतपेटिका सङ्कलन भइसक्ने प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button