कर्णालीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
सुर्खेत । कर्णालीका सबै जिल्लाहरू प्रतिनिधिसभा सदस्य निर्वाचन आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेशभरका ९ सय ४१ मतदान स्थलहरूमा उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएका प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार प्रदेशका सबै जिल्ला स्थित मतदान केन्द्रमा बिहानदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । कुनै पनि ठूलो अवाञ्छित घटना नभएको र सुरक्षा व्यवस्था प्रभावकारी रहेको उहाँले बताउनुभयो । अब सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने काम सुरु भएको उहाँको भनाइ छ । उहाँले सङ्कलन गरिएका मतपेटिका सुरक्षित रुपमा तोकिएको मतगणना स्थलमा ल्याइने तयारी गरिएको बताउनुभयो ।
यद्यपि ढिला सुरु भएका केही स्थान र ५ बजे सम्म लाममा बसेका मतदातालाई भने मतदान गर्न दिइएको उहाँको भनाइ छ । कर्णाली प्रदेश प्रदेशभर ५२.५ प्रतिशत मतदान भएको छ । सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका ४४१ वटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्