मुगुमा ६१.३८ प्रतिशत मतदान
मुगु । मुगु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल २२ हजार १ सय १५ मत खसेको छ, जुन कुल मतदाताको ६१.३८ प्रतिशत हो।

खसेको मतमध्ये महिला मतदाता ११ हजार ५ सय ८४ र पुरुष मतदाता १० हजार ५ सय ३१ रहेका छन्। त्यसैगरी समानुपातिक तर्फ २२ हजार ३ सय ७७ मत खसेको जनाइएको छ।
मतदान सम्पन्न भएसँगै सदरमुकाम नजिक रहेका मतदान केन्द्रहरूबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम सुरु गरिएको छ। सुरक्षा व्यवस्थासहित मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्