तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ५१ प्रतिशत मत खस्यो

धनगढी । कैलालीमा अपराह्नसम्म ५१ प्रतिशत मत खसेको छ ।  

जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म २ लाख ८२ हजार २५४  मत (५१ प्रतिशत) खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनुभयो ।  

पछिल्लो विवरण अनुसार निर्वाचन क्षेत्र न १ मा ५४  हजार २४२ मत, क्षेत्र न २ मा ५१ हजार ९४२ मत, क्षेत्र न ३ मा ५६ हजार ८३ मत, क्षेत्र न ४ मा ५७ हजार १५ मत र क्षेत्र न ५ मा ६२ हजार  ९६९ मतदान भएको छ ।

कैलालीमा ६४१ मतदान केन्द्रमा मतदान जारी छ । कैलालीमा ५ लाख ५१ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button