कैलालीमा ११ प्रतिशत मत खस्याे
धनगढी I कैलालीमा अहिले सम्म ५७ हजार मत (११ प्रतिशत) खसेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा अहिले सम्म ५७ हजार ८८४ मत खसेको छ । याे ११ प्रतिशत मत हाे ।
जसमा निर्वाचन क्षेत्र न १ मा १२ हजार २६४ मत, क्षेत्र २ मा १२ हजार ४५४ मत, क्षेत्र ३ मा १६ हजार २६७ मत, क्षेत्र ४ मा ८ हजार ८८२ र क्षेत्र ५ मा ८ हजार ७८ मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनु भयाे । कैलालीमा ६४१ मतदान केन्द्रमा मतदान जारी छ । कुल मतदाता संख्या ५ लाख ५१ हजार ५२ रहेको कैलालीमा निर्वाचन क्षेत्र नं १ मा १ लाख ८ हजार ४९१, निर्वाचन क्षेत्र नं २ मा १ लाख ७ हजार ७५७, निर्वाचन क्षेत्र नं ३ मा १ लाख ९ हजार १२२, निर्वाचन क्षेत्र नं ४ मा १ लाख १५ हजार १४३ र निर्वाचन क्षेत्र नं ५ मा १ लाख १० हजार ५२९ मतदाता रहेका छन् ।
प्रतिनिधि सभातर्फ ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा दलीय र स्वतन्त्र गरि ७५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्