तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा ११ बजे सम्म १८.२७ प्रतिशत मत खस्यो

डडेलधुरा । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा बिहानदेखि मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। 

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहान ११ बजेसम्म १८ दशमलव २७  प्रतिशत मत खसेको छ। जसमा महिला मतदाता ८४३५ र पुरुष ८६५५गरि जम्मा १७०९० मत खसेको हो । मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाका अनुसार जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति क्रमशः बढ्दै गएको छ। उहाँले हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो।

डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन्। मतदानका लागि जिल्लाभर १०४ मतदान स्थल र १४१ मतदान केन्द्र तोकिएका छन्। साथै एउटा अस्थायी मतदान केन्द्र पनि व्यवस्था गरिएको छ। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय परिचालन गरिएको छ भने मतदान स्थलहरूमा मतदाताको क्रमिक उपस्थिति देखिन थालेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button