बबईका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान भएन
दाङ। दाङको बबई गाउँ पालिकामा रहेका दुई वटा मतदान केन्द्रमा मतदान भएको छैन ।
दाङको बबई-१ आधारभूत विद्यालय जिला र बबई ७ तल्लो मलईमा रहेको देउती मा.बि मतदान केन्द्रमा अहिले मतदान नभएको हो ।

निर्वाचन कार्यालयले निर्वाचन प्रक्रियाका लागि कर्मचारी खटाए पनि स्थानीय मतदाता सहभागी भएका छैनन् । बबई १ का वडा सदस्य चन्द्रबहादुर रागुका अनुसार स्थानीय अहिलेसम्म मतदानका लागि सहभागी नभएको जानकारी दिनुभयो ।
बबई ७ तल्लो मलईका लागि निर्वाचन गराउनका लागि खटिनका लागि तयार रहेको भए पनि स्थानीय सहभागी नभएको निर्वाचन अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो ।
बाके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयले जङ्गली जनावरले सताएको भन्दै मतदान बहिष्कार गर्ने अडान लिएका हुन । मध्यवर्ती क्षेत्रका बबई १ केउरेनी र बन्चरेका स्थानीयले मतदान गर्ने भएका छन् । उनीहरूको मतदान केन्द्र बबई १ गँगटेमा रहेको छ ।
दुई वटा मतदान केन्द्रका एक हजार बढी मतदाता छन् । बबई १ जिलाको मतदान केन्द्रमा ६८२ र बबई ७ तल्लो मलईमा ५३० मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्