कास्कीका तीनै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार

कास्की । कास्की जिल्लामा रहेका तिन निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार पारिएको छ । कास्की १ को जिल्ला पशु तथा भेटनरीको कार्यालयमा मतगणना स्थल तयार पारिएको हो ।
कास्की –२ को निर्वाचन स्थल रहेको भू तथा जलाधार व्यवस्थापन सिचाई कार्यालयमा मतगणना स्थल तयार पारिएको छ ।
कास्की ३ को कृषि मन्त्रालय प्रदेशको सभाहलमा मतगणना स्थल तयार पारिएको छ ।
‘तार जाली सिसी क्यामेरा जडानसहित मतगणना स्थल तयार पारिसकेका छौँ, मतपेटिका संकलनलगत्तै आयोगको निर्देशन र सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गर्छौं,’ मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिनु भयो । मतपेटिका भण्डारण गर्ने ठाउँ पनि तय भइसकेको छ ।
कास्की क्षेत्र नम्बर १ को अन्नपूर्ण गाउँपालिकाको छुमूङबाट मत पेटीका मतगणना स्थल ल्याउन केही घण्टा लाग्ने बताउनु भयो । अन्य क्षेत्रको मतपत्र मतगणना स्थल आए पछि गणना सुरु हुने बताउनु भयो । कास्कीमा कुल ३ लाख ८ हजार मतदाता रहेका छन् । कास्कीमा १ सय ५३ मतदान स्थलमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्