तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौँ अझै बेपत्ता

जकार्ता।  इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै  अझै दर्जनौँ बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । 

भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौँ घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौँ विस्थापित भएको जनाइएको छ ।

मङ्गलवार साँझ ७ः३० बजे सम्म, ३४ जना पीडितको पहिचान गरिएको  राष्ट्रिय प्रकोप शमन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पुष्टि गर्नु भएको छ । 

“पहिचान गरिएका शवहरू दाहसंस्कारका लागि पीडितका परिवारलाई छिटै हस्तान्तरण गरिने उहाँले बताउनु भएको छ । 

 यस अघि बेपत्ता व्यक्तिहरूको सङ्ख्या ३२ पुगेको जनाइएकोमा संशोधन गरिएको जनाउँदै स्थानीय अधिकारीहरूले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने सङ्केत गरेका छन् ।

उद्धारकर्ताहरूले जाभा टापुको पश्चिम बान्दुङ क्षेत्रको अस्थिर क्षेत्रमा भारी उपकरणहरू प्रयोग गरेर खोजी गरिरहेको जनाइएको छ ।

यद्देपी खराब मौसमका कारण अर्को पहिरोको डरले तिनीहरू सावधानीपूर्वक काम गरिरहेको जनाइएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार यस प्रकोपले ५० भन्दा बढी घरहरूलाई गम्भीर क्षति पुर्‍याएको छ भने ६५० भन्दा बढी मानिस विस्थापित भएका छन् ।

पश्चिम जाभाका गभर्नर डेडी मुल्यादीले प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

गत वर्षको अन्त्यमा सुमात्रा टापुमा गएको बाढी र पहिरोमा वनको क्षति हुँदा करिब  एक हजार २०० मानिसहरूको मृत्यु हुनुका साथै  दुई लाख ४० हजार  भन्दा बढी विस्थापित भएको सरकारले जनाएको छ । 

यस्ता प्रकोपहरू वर्षाको मौसममा विशाल इन्डोनेसियाली द्वीपसमूहमा सामान्यतया अक्टोबरदेखि मार्चसम्म बारम्बार चलिरहने बताइएको छ । रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button