तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बस्ने

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार भोली पुस १६ गतेका लागी प्रदेश सभा बैठक आह्वान गरिएको छ । धनगढी स्थित प्रदेश सभा भवनमा भोली दिउसो २ बजे प्रदेश सभाको बैठक बस्ने कार्यतालिका रहेको छ । यसअघि प्रदेश सभा बैठक गत भदौ ५ गते बसेको थियो । 

जेनजी आन्दोलनपछि क्षतिग्रस्त प्रदेश सभा भवनको मर्मत सम्भार कार्य सकिएपछि बैठक बस्ने तयारी भएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेश सभामा करिब ७ करोड बराबरको क्षति भएको सरकारी तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button