निर्वाचन तयारीबारे आज सरकार र दलहरूबिच छलफल हुँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारीबारे आज निर्वाचन आयोगले सरकार, राजनीतिक दलहरू र नागरिक प्रतिनिधिसँग छलफल गर्दै छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउसो १ बजे हुने छलफलमा प्रधानमन्त्रीसहित दलका प्रतिनिधिहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग र गृह मन्त्रालयले प्रस्तुतीकरण दिनेछन् ।








प्रतिक्रिया राख्नुहोस्