तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल ‘विजेता ट्रफी’ उत्सव यात्रा बागेश्वरी मन्दिरबाट सुरु

नेपालगन्ज । नेपाल प्रिमियर लिग (एनपिएल)को ‘विजेता ट्रफी’ उत्सव यात्रा नेपालगन्ज बागेश्वरी मन्दिरबाट सुरु भएको छ । 

विजेता टिम लुम्बिनी लायन्सले बागेश्वरी मन्दिरमा आज बिहान पूजा अर्चना गरेर विजेता ट्रफी उत्सव यात्रा सुरु गरेको हो ।

त्यस क्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो । तत्पश्चात् नगर परिक्रमा गराई स्थानीय मङ्गल प्रसाद मावि प्राङ्गणमा ट्रफी राखेर बर्दियातर्फ लगिएको छ । बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुनेछ ।

एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले हात पारेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button