चलचित्र विधेयकमाथि दफावार छलफल शुरु
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथि आजबाट दफावार छलफल शुरु भएको छ ।
विधेयकमाथि विज्ञ, सरोकारवाल र संशोधनकर्ता सांसदहरूसँगको छलफल सकेर समितिले दफावार छलफल शुरु गरेको हो ।
छलफलमा सांसदहरुले चलचित्र क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउने प्रविधि मैत्री बनाउने, उद्योगका रुपमा अगाडी बढाउने विषयलाई प्रस्तावनाले स्पष्ट गर्नुपर्नेमा जोड दिनुभयो ।

विधेयकको प्रस्तावनामा चलचित्र क्षेत्रलाई कलात्मक, सिर्जनशिल र शिक्षाप्रद शब्द थप गर्ने विषयमा सांसदहरूबिच सहमति भएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधेयकमाथि परेका संशोधन, सरोकारवालले राखेका धारणा र छलफलका क्रममा सांसदहरूबाट आएका विषयलाई समेटेर अगाडी बढ्न सकिने बताउनुभयो ।
चलचित्र विधेयकमाथि ३० जना सांसदहरुले एकल र संयुक्त गरी १० वटा समूहमा १ सय ८९ वटा बुँदामा संशोधन दर्ता गराउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्