“समावेशी नीति तथा पहुँचसहितका कार्यान्वयनका चुनौतीहरू” विषयक छलफल सम्पन्न
काठमाडौँ । ललितपुरको स्क्वायर होटलमा “समावेशी नीति तथा पहुँचसहितका कार्यान्वयनका चुनौतीहरू” विषयक परामर्शात्मक प्यानल छलफल सफलतापूर्वक सम्पन्न भएकाे छ। कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (NFDN) का केन्द्रिय अध्यक्ष श्री देवीदत्त आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा विविध राष्ट्रिय नीतिहरू, कानुनी संरचना तथा व्यवहारिक चुनौतीहरू विषयक प्रस्तुतीकरण Diversity, Equity & Inclusion Specialist श्री मनोज गोहीवारले प्रस्तुत गर्नुभयो। प्रस्तुतीकरणमा नेपालको समावेशी नीति संरचना, लागू अवस्थामा रहेका पहुँचसम्बन्धी व्यवस्थाहरू, र स्थानीय तहमा देखिएका व्यावहारिक कठिनाइहरूबारे व्यापक जानकारी समावेश रहेको थियो।
छलफल कार्यक्रममा ६० भन्दा बढी सहभागीमध्ये अधिकांश युवाहरूको सहभागिता थियो । उनीहरूले निर्माण संहितामा पहुँच, यातायात अनुमति, सेवाहरूमा पहुँच र सार्वजनिक पूर्वाधार सुधार जस्ता विषयमा व्यवहारिक चुनौती तथा सुझावहरू राखेका थिए।
कार्यक्रमको समग्र प्रतिविम्ब तथा निष्कर्ष राष्ट्रिय संघीय दृष्टिबाङ्ग महासङ्घ (NAB) का अध्यक्ष श्री शिशिर खनालले प्रस्तुत गर्नुभयो। उहाँले नीति र कार्यान्वयनबिचको अन्तरलाई कम गर्न बहु–साझेदारी, सरकारी संयोजन, र स्थानीय तहमा व्यवहारिक सुधारका प्रयास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रम AIN, PIN, NFDN र Handicap International Nepal (HI) को सहकार्यमा सम्पन्न भएको थियो।








प्रतिक्रिया राख्नुहोस्