तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको बिहीबार पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच भएको खेलमा ब्याटिङ गर्दै काठमाडौँ गोर्खाजका खेलाडी । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन् । आज पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए । उनी एनपिएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने । 

शाहबले चार ओभर ‘बलिङ’ गर्ने क्रममा २५ ‘रन’ खर्चिदै छ विकेट लिए । उनले चार दशमलव तीन ‘ओभर’मा जेसन रोयलाई ‘आउट’ गर्र्दै पहिले विकेट लिएका थिए भने दोस्रो विकेट १७ दशमलव चार ओभरमा किरण ठगुन्नालाई आउट गरेर लिए ।

शाहबले पारिको अन्तिम ओभर गर्ने क्रममा ह्याट्रिक लिएका हुन् । अन्तिम ओभरमा चितवनलाई जितका लागि २० रन आवश्यक थियो । उनले पहिलो बलमा ऋषि धवनलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले दोस्रो बलमा विपिन खत्रीलाई ‘स्टमपिङ आउट’ गराए भने तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले ओभरका अन्तिम बलमा सागर ढकालको विकेट लिए । 

यसअघि एकै खलेमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा चितवन राइनोजका रञ्जित कुमार थिए । उनले विराटनगर किंग्ससँगको खेलमा चार ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट हात पारेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button