तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट खंगको मृत्यु

 हनुमाननगर,सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको कञ्चनरूप नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

पालिकाको वडा नम्बर ५ पिपरामा स्थानीय ६५ वर्षीय नारायण खंगको बिहीबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो। 

खंगको आफ्नो घर भन्दा २ कि.मि. पश्चिममा रहेको आफ्नै खेतमा काटिएको धान रुङ्न गएका खंगलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।  हात्तीको आक्रमणबाट शरीरको विभिन्न भागमा चोटपटक लागी उहाँको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

राति कति बेला जङ्गली हात्तीले उहाँलाई आक्रमण गरेको हो यकिन नभएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी  माधवप्रसाद काफ्लेले बताउनुभयो।

मृतक खंगको शव परीक्षणका लागि राजविराज पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी काफ्लेले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button