तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुवै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा

 नेपालगञ्ज । नेपाल–भारत सीमामा बढ्दै गएको सीमा अपराध नियन्त्रण तथा सीमा सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ बाँकेमा संयुक्त पैदल गस्ती सञ्चालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा चौकी (बीओपी) बढैया र भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को सीमा चौकी बक्सीबाट खटिएको संयुक्त टोलीले पहिलो चरणमा सीमावर्ती क्षेत्र खजुरामा पैदल गस्ती गरेको हो ।

गस्तीका क्रममा सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध आवतजावत, झैँ–झगडा तथा अन्य आपराधिक गतिविधिको रोकथाम र नियन्त्रणमा विशेष ध्यान दिइएको जनाइएको छ । साथै, सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै नेपाल र भारतका समकक्षी सुरक्षा निकायबीच आपसी समन्वय, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसमेत रहेको बताइएको छ ।

धनौली प्रहरीका अनुसार संयुक्त गस्तीले सीमा अपराध न्यूनीकरण गर्न सहयोग पुग्नुका साथै सीमावर्ती क्षेत्रका सर्वसाधारणमा सुरक्षाको अनुभूति बढाउने विश्वास गरिएको छ । यस्ता गस्तीलाई आगामी दिनहरूमा पनि आवश्यकता अनुसार निरन्तरता दिइने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button