तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा स्कुल बस दुर्घटना हुँदा चालकसहित २९ जना घाइते

धनकुटा । धनकुटामा स्कुल बस दुर्घटना हुँदा चालकसहित २९ जना घाइते भएका छन् । 

आइतबार धनकुटा नगरपालिका वडा नं.७ रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट तेह्रथुमको तिनजुरेसम्म शैक्षिक भ्रमणमा पुगेर फर्कँदै गरेको को १ ख ५३१३ नम्बरको बस अनियन्त्रित भई सडक डिलमा पल्टेर दुर्घटना भएको हो । 

सुनसरीको रामधुनी ५ पिंङ्क लोटस इग्लिस स्कुलको बस दुर्घटना हुँदा बसका चालक सुनसरीको झुम्का घर भएका ६० वर्षका भुवन चौधरीसहित २९ जना घाइते भएको प्रहरी जनाएको छ ।

बसमा २२ छात्रा र १४ छात्र  गरी ३६ विद्यार्थी, ३ जना शिक्षक र चालक तथा सहचालक गरी ४१ जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button