तपाईँ सुन्दै हुनुहुन्छः

उच्छृङ्खल गतिविधि भएमा सहायता कक्षमा जानकारी दिन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । सरकारले जेनजी आन्दोलनपछिको परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधि भएमा वा कुनै समस्या परेमा गृह मन्त्रालयले स्थापना गरेको सहायता कक्षमा जानकारी दिन अनुरोध गरेको छ । 

मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले शान्ति सुरक्षा कायम गर्न र नागरिकको समस्या सम्बोधनका लागि उक्त अनुरोध गरिएको बताउनुभयो ।

उहाँले मन्त्रालयले सार्वजनिक गरेको सहायता कक्षको मोबाइल नम्बर ९८५१३६०६०३ मार्फत फोन, एसएमएस, ह्वाट्सएप, भाइबरबाट जानकारी दिन सकिने पनि बताउनुभयो । 

सूचनामा भनिएको छ, “जेनजीद्वारा भएको प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधि भए÷गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button