वैदेशिक रोजगारीका सबै सेवा सूर्योदय नगरपालिकाबाट सुरु
इलाम। इलामको सूर्योदय नगरपालिकाले वैदेशिक रोजगारी र श्रम प्रवर्द्धनसँग सम्बन्धित सम्पूर्ण सेवा अब व्यवस्थित तीन चरणका डिजिटल प्रणाली मार्फत गर्न थालेको छ। यससँगै सेवाग्राहीले जिल्लामै पहिलो पटक सहज, छिटो र पारदर्शी सेवा पाउने भएका छन्।

नगरपालिकाका अनुसार वैदेशिक रोजगारीमा जाने, पुनः श्रम स्वीकृति लिने, दुर्घटना वा अन्य आपतमा परेका कामदार तथा उनीहरूका परिवारलाई सहयोग गर्ने सबै प्रक्रिया अब नगरपालिकामै सहज रूपमा पूरा गर्न सकिने व्यवस्था मिलाइएको छ।
सूचना तथा परामर्शकर्ता जिज्ञासा तामाङ्ग गोलेका अनुसार यो प्रणाली श्रम तथा रोजगार प्रवर्द्धन शाखा, आप्रवासी श्रम श्रोत उप–केन्द्र, र रोजगार सेवा केन्द्रमार्फत सञ्चालनमा ल्याइएको हो। यसमार्फत सेवाग्राहीले आफू बसेको पालिकामै सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने सुविधा पाएका छन्।
यो प्रणाली लागू भएसँगै सेवाग्राहीलाई राजधानी गएर घण्टौँ लाइन बस्ने वा जिल्ला कार्यालय धाउने झन्झट अन्त्य भएको छ। यस सेवाबाट सूर्योदय नगरपालिकाका मात्र होइन, आसपासका अन्य पालिकाका नागरिकहरू पनि लाभान्वित भएका छन्।







प्रतिक्रिया राख्नुहोस्