तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा सुरु भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको छ । 

उहाँले आजको बैठकमा आगामी ११आँै राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताउनुभयो । एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११आँै महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 

यस्तै आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button