तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटना हुँदा १० जना घाइते

इलाम । मेची राजमार्गमा देउमाई नगरपालिका १ कुखुरेमा बिहीबार सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । तेह्रथुमबाट झापा तर्फ आउँदै गरेको मे १ ज ३१३७ नम्बरको यात्रुवाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्र.१-०१-०१६ प १३६७ नं. को  मोटरसाइकल  एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।  

मोटरसाइकल चालक १ जना र बोलेरोमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाउको छ । 

बोलेरोमा सवार घाइतेहरू झापा जिल्ला  बिर्तामोड नगरपालिका  ६ गरामुनी बस्ने वर्ष ३० कि सुशिला तिमल्सिना (भित्री चोट, बोल्न नसक्ने मध्यम),  तेह्रथुम जिल्ला आठराई त्रियुगा गाउँपालिका १ बस्ने वर्ष  ६५ को छविलाल गुरुङ (टाउको र दुवै घुँडामा चोट, अवस्था बोल्न सक्ने सामान्य) सोही स्थान बस्ने वर्ष ३० को प्रकाश शेर्पा (निधार र नाकमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य), ताप्लेजुङ जिल्ला आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिन बस्ने वर्ष ६४ कि डम्मर कुमारी गुरुङ (अनुहारमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य), सोही स्थानकी वर्ष ३० कि इन्द्र गुरुङ (अनुहारमा चोट, अवस्था बोल्न सक्ने सामान्य) रहेको छ । 

यसैगरी आठराई त्रिवेणी गाउँपालिका  बस्ने वर्ष २८ कि अञ्जना गुरुङ (वाँया हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य), धनकुटाकी  वर्ष ३२ कि सुष्मा लिम्बु (वाँया हातमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य), पाँचथर फालेलुङ गाउँपालिका ६ सिदिन बस्ने वर्ष २३ कि असिना तामाङ  (निधारमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य), झापा जिल्ला  बुद्धशान्ति गाउँपालिका  ४ जयपुर बस्ने वर्ष २७ कि चन्द्रकला कालिकोटे (बाहिरी चोट नभएको, अवस्था बोल्न सक्ने सामान्य) रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

मोटरसाइकल चालक जिल्ला पाँचथर हिलिहाङ गाउँपालिका ६  बस्ने वर्ष ३६ को लक्ष्मी प्रसाद मैनाली को दाहिने हातको हत्केलामा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button