तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौँ : मुख्यमन्त्री आचार्य

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताउनुभएको छ । 

नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्र नं. ३ को पाँचौँ पूर्ण बैठकलाई आज बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आन्दोलनबाट प्रभावित सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले तोकिएको समयमा चुनाव हुने हो भने नेकपा एमाले चुनावबाट नभाग्ने स्पष्ट पार्नुभयो । ‘यदि साँच्चै तोकिएको मितिमा चुनाव हुने हो भने हामी चुनावबाट भाग्दैनौँ,’ उहाँले भन्नुभयो, ‘एमाले चुनावबाट कुनै हालतमा भाग्दैन ।’

आँधीबेहरीमा सतिसाल झैँ उभिन सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘घर जलेर खरानीको थुप्रो मात्र छ । शरीरमा लगाएको कपडा बाहेक केही छैन । तर म निराश छैन । अहिले कर्मचारीहरूको मनोबल उच्च बनाउन, संरचनाहरू छिटो भन्दा छिटो सुधार गरेर सेवा प्रवाह गर्न सकिन्छ भन्ने विश्वास दिलाउन अनुगमन गरिरहेको छु । जनताको मनोबल कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान दिएर अघि बढेका छौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button