राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा समिति कामकारबाही नियमित गर्न निर्देशन

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष नारायणप्रसाद दाहालले सभाका चार विषयगत समितिका सभापति र सचिवहरूलाई समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा आज बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गर्दै अध्यक्ष दाहालले समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिनुभएको हो ।
छलफलमा राष्ट्रिय सभामा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त, सोनाम गेल्जेन शेर्पा र सभाका सचिव डा. सुरेन्द्र अर्याल सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्