तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनको प्रभाव: जमुनाह सिमा नाकामा दोहोरो आवागमन बन्द

बाँके।नेपालमा जारी जेनजी आन्दोलनका कारण नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा भारतीय पक्षले कडाई गरेको छ।

भारतीय सुरक्षा निकायले विशेष कामका लागि भारत जान चाहने नेपाली नागरिकलाई बोर्डरबाटै फर्काउने कार्य गर्दै आएको छ।

नेपाल फर्किन चाहने भारतीय नागरिकलाई भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले आधार कार्डको आधारमा मात्रै प्रवेश दिइरहेको छ। त्यस्तै, भारतमा रहेका नेपाली नागरिकलाई भने नेपाली नागरिकताको आधारमा नेपाल प्रवेश गर्न दिइएको छ।

जेनजी आन्दोलनको प्रभाव भन्दै भारतीय सीमा सुरक्षा बलले सीमा आवागमनमा कडाई गरेको हो। जमुनाह नाकामा भारतीय सुरक्षाबलको बाक्लो उपस्थिति देखिएको छ।

भारतीय सुरक्षाकर्मीहरूले ‘सीमा बन्द गरिएको छ, अर्को सूचना नआउँदासम्म फर्कनुहोस्’ भनी माइकिङ गर्दै सर्वसाधारणलाई सचेत गराइरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button