ताप्लेजुङमा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ फाकुम्बा, च्यानडाँडामा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
बुधवार बिहान गएको पहिरोमा चेप्टे शेर्पा भनेर परिचित ६५ वर्षीय लाक्पा खाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मा लाक्की शेर्पाको शव भेटिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

सोही घटनामा लाक्पा खाङ्डुका १२ वर्षीय नाति दारिञ्जी शेर्पा र छिमेकी सन्तोष सङ्कल्प घाइते भएका छन् । उनीहरूलाई फाकुम्बा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा रिफर गरिएको मृतकका आफन्त तथा गाउँ कार्यपालिका सदस्य पासाङ ग्याबु शेर्पाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्